‘बी’डिभिजन लिगमा सातदोबाटो युथ क्लब विजयी



काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सादोबाटोले खुमलटार युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोका लागि दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक एक गोल गरे । यस्तै खुमलटारका लागि सविन केसी र आदिल हमिदले एक एक गोल गरेका हुन् ।

खेलको ११औँ मिनेटमा सातदोबाटोका तामाङले पेनाल्टीमार्फत पहिलो गोल गरेका हुन् । खेलको २६औँ मिनेटमा खुमलटारका केसीले गोल गर्दै एक एक गोलको बराबरीमा पुर्याए । यस्तै खेलको ४८औँ मिनेटमा खुमलटारका हमिदले टोलीका लागि तेस्रो गोल गरे । खेलको ६१आँै मिनेटमा सातदोबाटोका राईले गोल गर्दै २–२ गोलको बराबरीमा पुर्याए ।

खेलको ७४औँ मिनेटमा सातदोबाटोका लागि बस्नेतले गोल गर्दै खेलको नतिजा ३–२ ले आफ्नो पक्षमा पारे । जितसँगै सातदोबाटो लिगको शीर्ष स्थानमा कायमै रहेको छ । सातदोबाटोले हालसम्म सात खेलमा १९ अङ्क जोडेको छ । खुमलटारको भने सात खेलमा १६ अङ्क छ । खुमलटार लिगको दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने