युरोपा लिगमा म्यान्चेस्टर,टटनह्याम र रोमाको सानदार जित


युरोपा लिग फुटबल अन्तर्गत प्रिक्वार्टरफाईनलको पहिलो लेगमा म्यानचेष्टर युनाईटेड, टटनह्याम, रोमा र ग्रानाडा विजयी भएका छन् । गएराती भएका खेलमा म्यान युनाईटेडले रियल सोसिडाडलाई ४–० को फराकिलो अन्तरले हरायो । युनाईटेडलाई सहज जित दिलाउन बुर्नो फर्नाण्डेजले २ तथा मार्कुस रासफोर्ड र डानिएल जेम्सले एक एक गोल गरे ।

आर जेठ पेलेट्सलाई ४–१ ले हराउदै टटनह्यामले पनि अघिल्लो चरण प्रबेशको संभावना बलियो बनाएको छ । उसलाई सहज जित दिलाउन सन ह्युङ मीन, गारेथ वेल, लुकास मौरा र अल्भेस मोराईसले गोल गरे ।

रोमाले स्र्पोर्टिङ ब्रागलाई, भियारियलले आरबी साल्जबर्गलाई तथा ग्रानाडाले नापोलीलाई समान २–० ले स्तब्ध पारे । आर्सनल भने बेन्फिकासंग एक एक गोलको बराबरीमा रोकिएको छ । एसी मिलान र रेडस्टार बेल्ग्रेड, डाईनामो किभ र क्लब ब्रुग तथा लेष्टर सिटी र स्लाभिया प्रागले बराबरीको नतिजा निकालेका छन् ।
वायर लिभरकुशेन भने योङ व्वाईजसंग ४–३ गोल अन्तरले पराजित भयो ।