काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत बिहीबार भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लेको छ ।
सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३–० गोलअन्तरले पराजित गरेको हो । लिगको अन्तिम खेलमा वालिङका लागि हिमा रावत, अमिशा कार्की र विदेशी खेलाडी मेथो रुथले एक एक गोल गरिन् । खेलको १७ औं मिनेटमा रावतले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् ।
\यस्तै खेलको ४७ औं मिनेटमा रुथले तथा खेलको ५४ औं मिनेटमा कार्कीले वालिङका लागि गोल गरेकी थिइन् । वालिङले १२ खेलमा १७ अङ्क जोडेको छ । चन्द्रपुर ९ अङ्क जोड्दै लिगको छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया