नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित


काठमाडौँ । आगामी मार्च महिनामा ओमानमा हुने तय भएको नेपाल, ओमान र अमेरिकाबीचको आईसीसी पुरुष क्रिकेट वर्ल्ड च्याम्पियनसिप लिग २ अन्तर्गतको एकदिवसीय सिरिज स्थगित भएको छ । त्यसैगरी, आईसीसीले अप्रिलमा हुने भनिएको पपुवा न्युगिनी, ओमान र स्कटल्यान्डबीचको सिरिज र मे महिनामा हुने भनिएको पपुवा न्युगिनी, अमेरिका र नामिबियाबीचको सिरिज पनि स्थगित गरिएको जनाएको छ ।

कोराना महामारी प्रभाव कायमै रहेको, लामो समय क्वारेन्टाइनको प्रावधान र विभिन्न देशहरुबीच रहेको यात्रा प्रतिबन्धलगायतका कारणहरूले तय भएका सिरिजहरू आधिकारिक रुपमा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको आईसीसीले जनाएको नेपाल क्रिकेट संघका सचिव असोकनाथ प्याकुरेलले जानकारी दिएका छन् ।