मेस्सीको गोलमा बार्सिलोनाको पुनरागमन जित,रियल ३–२ ले पराजित


बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । २१ औ चरणको खेलमा रियल बेटिसलाई ३–२ गोल अन्तरले हराउदै बार्साले समान अंक भएको रियल मड्रिडलाई पछि पारेको हो ।

घरेलु मैदानमा बेटिसले ३८ औ मिनेटमा बोर्जा ईग्लेसियाको गोलमा अग्रता बनाएको थियो । ५९ औ मिनेटमा लियोनल मेस्सीले बार्सालाई बराबरीमा पुर्याएका थिए । ६८ औ मिनेटमा उपहार गोलमार्फत बार्साले २–१ को अग्रता लिएको थियो । ७५ औ मिनेटमा भिक्टर रुईजले गोल गर्दै बेटिसलाई बराबरीमा पुर्याएका थिए । ८७ औ मिनेटमा फ्रान्सीस्को एन्टोनियोले गोल गर्दै बार्सालाई जित दिलाए ।

२१ खेलबाट बार्सा ४३ अंकमा तालिकाको दोस्रो स्थानमा पुगेको हो । २ खेल कम खेलेको एट्लेटिको मड्रिड ५० अंकमा शीर्ष स्थानमा छ ।

गएराती नै रियल सोसिडाडले काडिजलाई ४–१ गोल अन्तरले हराउदा ओसासुनाले आईबरलाई २–१ गोल अन्तरले स्तब्ध पार्यो । भ्यालेन्सीया र एथ्लेटिको बिल्वाओले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।