प्रिमियर लिगमा सिटीसँग लिभरपुलको लज्जास्पद हार


साविक विजेता लिभरपुललाई हराउदै म्यानचेष्टर सिटीले ईङलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ । लिभरपुललाई उसैको मैदानमा ४–१ गोल अन्तरले हराउदै सिटीले उपाधि यात्रा मजबुत बनाएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीलाई जिताउन ईल्के गोण्डुगानले २ तथा रहिम स्र्टलिङ र फिल फोेडेनले एक एक गोल गरे । लिभरपुलका महम्मद सलाहले एक गोल फर्काए ।

घरेलु टोलीलाई केहि दबावमा राखेको सिटीले पाएका थप अवसर भने खेर फालेको थियो । २२ खेलबाट ५० अंक जोडेको सिटीले दोस्रो स्थानको म्यान युनाईटेडलाई ५ अंकले पछि पारेको हो । हारका बावजुत लिभरपुल ४० अंकमा तालिकाको चौथो स्थानमा कायम छ ।

गएराती नै चेल्सीले सेफिल्ड युनाईटेडलाई २–१ गोल अन्तरले स्तब्ध पार्यो । मासन माउण्ट र जर्जिन्होले एक एक गोल गर्दै टोलीलाई जित दिलाए । सेफिल्डले उपहार गोलमार्फत अन्तर घटाएको थियो । यो जितले चेल्सीलाई ३९ अंकमा तालिकाको पाँचौ स्थानमा पुर्याएको छ ।

टटनह्यामले वेष्टब्रोमलाई २–० गोल अन्तरले हराउदा लेष्टर सिटी र वुल्भरहेम्प्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।