जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा बायर्नको १० अंकको अग्रता


जर्मन बुण्डेश लिगा फुटबलमा बायर्न म्युनिखले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । २० औ चरणको खेलमा गएराति हेर्था बर्लिनलाई १–० ले हराउँदै बायर्नले उपाधि यात्रा मजवुत बनाएको हो । हेर्थाको मैदानमा बायर्नलाई जिताउन खेलको २१ औ मिनेटमा किंग्स्ले कोम्यानले गरेको गोल निर्णायक बन्यो ।

घरेलु टोलीलाई अधिकांश समय दबावमा राखेको बायर्नले पाएका केहि अवसर भने खेर फालेको थियो । हेर्थाले पछि आधा दर्जन अवसर पाएपछि त्यसलाई सदुपयोग गर्न सकेन् । २० खेलबाट बायर्नको ४८ अंक भएको छ । समान खेलबाट १७ अंक जोडेको हेर्था १५ औ स्थानमा छ । बुण्डेश लिगा फुटबलमा आज विभिन्न ६ खेल हुनेछन् ।