एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाईनलमा प्रबेश गरेको छ । कवार्टरफाईनलको खेलमा गएराती रियल बेटिसलाई पेनाल्टि सुटआउटमा ४–१ गोल अन्तरले हराउदै बिल्वाओले अन्तिम चारको यात्रा तय गरेको हो ।
निर्धारित र अतिरिक्त समयको खेल एक एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट गरिएको हो ।बिल्वाओको जितसंगै प्रतियोगीताको सेमिफाईनल पुग्ने सबै टोलीको टुंगो लागेको छ । यसअघि सेभिया, लेभान्ते र बार्सिलोनाले अन्तिम चारको यात्रा तय गरिसकेका छन् ।

प्रतिक्रिया