इन्टरमिलानविरुद्ध युभेन्टसको जित


कोपा ईटालिया कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानबिरुद्ध युभेन्टसले २–१ को जित निकालेको छ । ईन्टरको मैदानमा नवौ मिनेटमै १–० ले पछि परेको अवस्था उल्टाउदै युभेन्टसले पुनरागमन जित दर्ता गरेको हो ।

लाउतारो मार्टिनेजले गोल गर्दै ईन्टरलाई अग्रता दिलाएका थिए । २६ औ मिनेटमा पाएको पेनाल्टिको अवसरलाई क्रिष्टियानो रोनाल्डोले गोलमा परिणत गर्दै युभेन्टसलाई बराबरीमा पुर्याएका थिए ।

उनलै ३५ औ मिनेटमा अर्को गोल गर्दै पहिलो हाफमै युभेन्टसलाई २–१ को अवस्थामा पुर्याए । प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो । दोस्रो लेग युभेन्टसको मैदानमा फेब्रुअरी ९ मा हुनेछ ।
कोपा ईटालिया अन्तर्गत सेमिफाईनलको पहिलो लेगमा आज नापोली र एटलान्टा प्रतिस्पर्धा गर्नेछन् ।