महिला लिग फुटबलमा एपिएफ र वालिङको जित



काठमाडौं । सावित्राले जारी लिगमा तेस्रो ह्याट्रिक पूरा गर्दा बिहीबार एपिएफले जित निकालेको छ भने अर्को खेलमा वालिङ नगरपालिका स्याङ्जाले चौदण्डीगढीमाथि फराकिलो जित निकालेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दोस्रो खेलमा एपिएफलाई जित दिलाउन सावित्रा एक्लैले तीन गोल गरेकी हुन्  । पुलिसमाथि सुरुवातबाट नै दबाब सिर्जना गरेको एपिएफका लागि सावित्राले ३२औं, ५६औं र ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । यससँगै सावित्राको जारी प्रतियोगितामा तेस्रो ह्याट्रिक भएको छ । लगातार चार खेलमा स्पष्ट जित निकालेको एपिएफको अंक तालिकामा १२ अंक पुगेको छ ।

एपिएफ तालिकाको शीर्ष स्थानमा यथावत रहँदा जारी लिगमा पहिलो हार भोगेको पुलिसको समान ४ खेलबाट ५ अंक भएको छ । पुलिसले दुई खेलमा बराबरी खेल्दा एक खेलमा सुखद नतिजा निकालेको छ ।

यस्तै आजको पहिलो खेलमा वालिङले चौदण्डीगढीमाथि १०–० को जित निकाल्दा दिनको दोस्रो खेलमा एपिएफले नेपाल पुलिस क्लबमाथि ३–० को जित निकालेको हो । जारी लिगमा पहिलो जित निकालेको वालिङलाई फराकिलो जित दिलाउनका लागि विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गर्दा सम्झना शर्माले दुई तथा मनमाया दमाई र टौटा ओरेनेला नोईलीले समान एक/एक गोल गरे ।

पहिलो जित निकालेको वालिङको अंक तालिकामा ५ अंक बनाएको छ । पराजित चौदण्डीगढीको जारी लिगमा यो तेस्रो हार हो । चौदण्डीगढीको तालिकामा अंक बिहीन छ ।
प्रतियोगितामा शुक्रबार एक खेल हुनेछ । दिनको २ बजे हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका रौतहटबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज युनाइटेडलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले

विश्वप्रसिद्ध किक बक्सर घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि

एशिया कप ट्रायथलनमा इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

कास्की । पोखरामा शनिबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको शानदार जित

काठमाडौं । पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज