ला लिगामा बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी



स्पेनिस ला लिगा फुटबलमा गएराति बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी भएका छन् । लिग लिडर एथ्लेटिको मड्रिडले भ्यालेन्सीयालाई ३–१ ले हरायो । खेलमा एथ्लेटिकोलाई विजयी गराउन हुँवा फेलिक्स, लुइस सुवारेज र एन्जल कोरियाले एक एक गोल गरे ।

पराजित टोली भ्यालेन्सीयाका उरोस रासिचले पहिलो गोल गरेका थिए । जितसँगै एथ्लेटिको मड्रिडले शिर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ । लिगमा १८ खेलबाट एथ्लेटिको मड्रिडको ४७ अंक छ । एक खेल बढी खेलेको रियाल मड्रिड ४० अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको बार्सिलोनाको ३७ अंक छ ।

गएराति भएको खेलमा बार्सिलोनाले एल्चेलाई २–० ले हरायो । एल्चेको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन फ्रेङ्की डे योङ र रिचार्ड पुजले एक एक गोल गरे । ला–लिगाका अन्य खेलहरुमा ओसासुनाले ग्रानाडालाई ३–१ ले हराउँदा सेल्टा भिगो र आइबारले १–१ गोलको बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी