एफए कपमा म्यान्चेटर सिटी विजयी,आर्सनल चौथो चरणबाटै बाहिरियो



एफए कप फुटबलको चौथो चरणको खेलमा म्यान्चेटर सिटी विजयी हुँदा आर्सनल पराजित भएको छ । म्यान्चेटर सिटीले लिग टु को चेल्टेनह्याम टाउनलाई ३–१ ले पराजित गरेको हो ।

जितसँगै सिटीले स्वान्सी सिटी विरुद्धको पाँचौ चरणको खेल तय ग¥यो । स्वान्सी सिटीले गएराति नटिङ्घम फरेष्टलाई ५–१ ले हरायो ।

एफए कपकै अर्को खेलमा साउथह्याम्पटनले आर्सनललाई १–० ले हराएको छ । खेलको २४ औं मिनेटमा आर्सनलका डिफेन्डर ग्याब्रियलले आत्माघाति गोल गरेपछि साथह्याम्पटन १–० ले विजयी भएको हो ।

यसैगरी डोन्कास्टरलाई ४–० ले हराउँदै वेष्ट ह्याम युनाईटेड तथा प्लाईमाउथलाई २–१ ले हराउँदै शेफिल्ड युनाईटेड पनि प्रतियोगिताको पााचौ चरणमा प्रवेश गरेका छन् ।

पछिल्ला सात खेलमा पनि आर्सनलको यो पहिलो हार हो । साउथ ह्याम्पटनले एफए कपको पाँचौ चरणमा वुल्भरहेम्प्टनको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । जर्मन क्लब वोरुसिया डर्टमुण्डले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको

बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो

कमलामाई ।रातको अँध्यारोले बिहानीको उज्यालो नहुँदै झिसमिसेमा होस् वा बेलुका डुब्दै गरेको पहेँलो

मुम्बई इण्डियन्ससँग सनराइजर्स हैदराबाद ७ विकेटले पराजित

काठमाडौं । इण्डियन प्रमियर लिग आईपीएलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको

यस्तो छ मूलपानी क्रिकेट मैदानको नयाँ डिजाइन

काठमाडौं । मूलपानी क्रिकेट मैदानको डिजाइन युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ