बार्सिलोना स्पेनिस कोपा डेल रे कप फुटबलको प्रिक्वार्टरफाईनलमा प्रवेश गरेको छ । अन्तिम ३२ को खेलमा गएराती कोर्नेलालाई २–० गोल अन्तरले हराउदै बार्साले अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो ।
नियमित कप्तान लियोनल मेस्सी बिनै मैदान उत्रिएको बार्साको जितमा ओस्माने डेम्बेले र मार्टिन ब्रेथवेटले गोल गरे । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि थप गरिएको समयमा २ गोल गर्दै बार्साले प्रिक्वार्टरफाईनलमा स्थान बनाएको हो । गएराती नै आबिजियालाई २–१ गोल अन्तरले हराउदै एथ्लेटिको बिल्वाओले पनि अघिल्लो चरणमा स्थान बनाएको छ ।

प्रतिक्रिया