बुण्डेश लिगा फुटबलमा बोरुसिया मोन्चेन ग्लाण्डबाख विजयी



जर्मन बुण्डेश लिगा फुटबलको पछिल्लो खेलमा बोरुसिया मोन्चेन ग्लाण्डबाख विजयी भएको छ । शीर्ष स्थानको बायर्न म्युनिखलाई ३–२ गोल अन्तरले हराउँदै मोन्चेन ग्लाण्डबाखले सिजनको छैठौ जित निकालेको हो । घरेलु मैदानमा पहिलो हाफमै २–० ले पछि परेको अवस्था उल्टाउदै मोन्चेन ग्लाण्डबाखले पुनरागमन जित हात पारेको हो ।

खेलको २० औ मिनेटमा रोबर्ट लेबान्डोस्कीको गोलमा अग्रता बनाएको बायर्नका लागि लियोन गोरेट्ज्काले २६ औ मिनेटमा अर्को गोल थपेका थिए । जोनास होफमनले ३५ औ मिनेटमा गोल गर्दै घरेलु टोलीको खाता खोलेका थिए । उनैले ४५ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । दोस्रो हाफको चौथो मिनेटमै फ्लोरियन नेउहासले गोल गर्दै टोलीलाई जित दिलाए ।

१५ खेलबाट २४ अंक जोडेको ग्लाण्डबाख तालिकाको सातौ स्थानमा छ । हारका बावजुत बायर्न ३३ अंकमा तालिकाको शीर्ष स्थानमा कायम छ । बुण्डेश लिगा फुटबलमा आज ६ खेल हुदैछन् । आज दोस्रो स्थानको आरबी लाईपजिगले चौथो स्थानको बोरुसिया डर्टमण्डसंग खेल्नेछ । फ्रेईबर्ग र एफसी क्लोन, साल्के र होफिनह्याम, वायर लिभरकुशेन र वेडर ब्रेमेन, माईन्ज र फ्रयाङकफर्ट तथा एफसी बर्लिन र वुल्फबर्ग आमने सामने हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।