आइपीएलको अक्सन आगामी महिना



इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको नयाँ सिजन २०२१ को अक्सन आगामी महिना हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईका अनुसार फेब्रुअरी ११ मा अक्सन गर्ने तयारी अन्तिम चरणमा पुगेको हो ।

अक्सनकै लागि फ्रेन्चाईज ८ टोलीलाई खेलाडी रिटेन र रिलिज गर्न जनवरी २० सम्मको समयसीमा दिईएको छ । गत संस्करण खेलेका खेलाडीलाई टोलीले सो समयसीमाभित्र रिटेन वा रिलिज गर्ने टुंगो लगाईसक्नु पर्नेछ ।

कोरोना माहामारीका कारण अघिल्लो संस्करणको आईपीएल युएईमा गरेको बिसीसीआईले आगामी सिजनको मिति र स्थान भने तय गरिसकेको छैन । यद्यपी आगामी सिजन ईण्डियामै गर्ने हिसाबमा बोर्डले तयारी थालेको हो । युएईलाई विकल्पका रुपमा अघि सारिने छ ।

आईपीएलमा लगातार तेस्रो संस्करण दिल्ली क्यापिटल्समा आबद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई उनको टोलीले रिलिज गर्ने वा रिटेन गर्ने भन्ने टुंगो पनि जनवरी २० भित्रै लाग्नेछ । अघिल्लो सिजन बेन्चमै सीमित सन्दीपलाई दिल्लीले रिलिज गर्ने सम्भावना बढिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यु–१६ इस्ट जोन कप क्रिकेटका लागि नेपाली टोली घोषणा

काठमाडौँ । मलेसियामा आयोजना हुने एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताका

आइसिसी क्रिकेटः नेपाल लगातार दोस्रो जितको खोजीमा

  काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपाल लगातार

गण्डकी प्रदेशस्तरीय क्रिकेट : घरेलु टोली कास्कीको लगातार दोस्रो जित

कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा

कीर्तिपुरकी एलिना नाथिङले जितिन् एकल कातामा स्वर्ण पदक

काठमाडौं । कीर्तिपुर नगरपालिकाकी एलिना नाथिङले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल