नयाँ कोरोनाका कारण प्रिमियर लिगका आधा दर्जन खेल स्थगित



बेलायतमा नयाँ कोरोना भाइरसको संक्रमण तीव्र भएपछि फुटबल खेलहरु प्रभावित भएका छन् । नयाँ भेरियन्टको भाइरस देखिएयता प्रिमियर लिगका झण्डै आधा दर्जन म्याचहरु स्थगित गरिएको छ ।

पछिल्लो सयम हरेक जसो फुटबल क्लबमा कुनै न कुनै खेलाडी संक्रमित भएका छन् । यसले गर्दा टोलीहरुलाई पहिलो रोजाइको भन्दापनि आफूसँग रहेका स्वस्थ खेलाडीहरुलाई मैदानमा उतार्नुपर्न बाध्यता देखिएको छ ।

इंग्लीश एफए कप फुटबलका तेस्रो चरणका दुई वटा खेल आज राति हुनेछ । आज लिभरपुल र एस्टन भिल्ला तथा वुल्भरह्याम्पटन र क्रिष्टल प्यालेस भड्निेछन् । लिभरपुल विरुद्धको खेलमा आफ्नो दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उतार्ने एस्टन भिल्लाले जनाएको छ ।

भिल्लाको पहिलो रोजाइको टोलीका अधिकांश खेलाडी संक्रमित वा कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । टोलीका मुख्य प्रशिक्षक डिन स्मिथको ठाउँमा २३ वर्षमुनिको टोलीका प्रशिक्षक मार्क डेलानीले प्रशिक्षण समाल्दैछन् । अधिकांश खेलाडीहरु शंकामा परेपछि एस्टन भिल्लाले आफ्नो नियमित प्रशिक्षण तथा हेल्थ क्लब बन्द गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका