प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता शुरु



काठमाडौं । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नारासहित प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता बुधबारदेखि शुरु भएको छ ।

नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय जङ्गी अड्डामा शुरु भएको प्रतियोगिताको नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । उद्घाटनको दिन आज पुरुष र महिलातर्फ १०० मिटर तथा आठ सय मिटरतर्फका खेल सम्पन्न भएका छन् ।

पुरुष १०० मिटर दौडमा मध्यपश्चिम पृतनाका प्यूठ धर्मेन्द्र सिंह पहिलो भए । उनले सो दौड १० दशमलव ७८ सेकेन्डमा पूरा गरे । सो स्पर्धामा मध्य पृतनाका सिपाही दिपक विश्वकर्मा दोस्रो तथा १४ नम्बर बाहिनी अड्डाका सिपाही दिवश विष्ट तेस्रो भए । विश्वकर्माले सो दौड १० दशमलव ८२ सेकेण्ड तथा विष्टले १० दशमलव ८२ सेकेण्डमा पूरा गरे ।

यस्तै महिला १०० मिटर दौडतर्फ १६ नम्बर बाहिनी अड्डाकी गनर करुणा लामिछाने पहिलो भइन् । उनले सो दौड १३ दशमलव ४३ सेकेन्डमा पूरा गरिन् । सो स्पर्धामा पूर्वी पृतनाकी सिपाही मनिषा विक दोस्रो तथा मध्य पृतनाकी सिपाही विपना थारु तेस्रो भइन् । विकले उक्त दौड १३ दशमलव ५९ सेकेण्ड तथा थारुले १३ दशमलव ६७ सेकेण्डमा पूरा गरिन् ।

यसैगरी पुरुष आठ सय मिटर दौडमा उपत्यका पृतनाका सिपाही सुदीप शाह पहिलो भए । उनले सो दौड दुई मिनेट शून्य दशमलव ३३ सेकेण्डमा पूरा गरे । उक्त स्पर्धामा सुदूरपश्चिम पृतनाका सिपाही सुनिल सुनार दोस्रो तथा मध्य पृतनाका सिपाही बुद्धराम तामाङ तेस्रो भए । सुनारले सो दौड दुई मिनेट शून्य दशमलव ६२ सेकेण्ड तथा तामाङले दुई मिनेट एक दशमलव १४ सेकेण्डमा पूरा गरे ।

यस्तै महिला आठ सय मिटर दौडमा १६ नम्बर बाहिनी अड्डाकी गनर राधिका श्रेष्ठ पहिलो भइन् । उनले सो दौड दुई मिनेट २८ दशमलव १९ सकेण्डमा पूरा गरिन् । उक्त स्पर्धामा मध्य पश्चिम पृतनाकी सिपाही निर्मला केसी दोस्रो तथा उपत्यका पृतनाकी सिपाही गीता विक तेस्रो भइन् । उक्त दौड केसीले दुई मिनेट २८ दशमलव ७९ सेकेण्डमा तथा विकले दुई मिनेट २८ दशमलव ९८ सेकेण्डमा पूरा गरे ।

सो अवसरमा प्रदर्शनी खेलका रुपमा समावेश गरिएको आर्चरीतर्फ रोशन नगरकोटी उत्कृष्ट घोषित भए । उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै नेपाली सेनाका उपरथी निरञ्जनकुमार श्रेष्ठले कोरोना महामारीका कारण गत भदौमा सञ्चालन हुनुपर्ने प्रतियोगिता ढिला भएको जानकारी दिए । आगामी माघ २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ पृतना, ५ मद्दती बाहिनी, एक विशेष फौज बाहिनी तथा यान्त्रिक निर्देशनालय गरी कूल १५ टोलीको सहभागिता रहेको उनले बताए ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, सुटिङ, बास्केटबल र फुटबल खेलमा महिला र पुरुष खेलाडीले आ आफ्ना खेलमा प्रतिस्पर्धा गर्नेछन् । सबै खेल सेनाको छाउनी, भद्रकाली र लगनखेल मैदानमा सञ्चालन हुनेछन् । सेनाले २०६५ सालदेखि प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको छ ।

सेनाका खेलाडीले राष्ट्रिय र अन्तरराष्टिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको जानकारी दिँदै उपरथी श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लबले हालै एशियाली फुटबल महासङ्घ (एएफसी) को क्लब लाइसेन्स प्राप्त गर्न सफल भएको उल्लेख गरे । उक्त लाइसेन्स प्राप्त गर्ने त्रिभुवन आर्मी नेपालको एउटा मात्र क्लब हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान

  काठमाडौँ ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड

आर्मीलाई कालिका कप राष्ट्रिय भलिबलको उपाधि

  गलकोट (बागलुङ) ।  चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप

वीर गणेशमान सिंह ट्वान्टी टि २० क्रिकेटमा लुम्बिनीको जित

काठमाडौँ । वीर गणेशमान सिंह ट्वान्टी टि २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले

राष्ट्रपति रनिङ सिल्डमा उसुमा चार स्वर्णको टुङ्गो

काठमाडौँ । राजधानीमा जारी १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा