विलियम्सनको शतक मद्दतले न्यूजील्यान्ड सुदृढ स्थितिमा



पाकिस्तान विरुद्ध केन विलियम्सनको शतकीय पालीको मद्दतले न्यूजील्यान्डले दोस्रो टेस्ट क्रिकेटको दोस्रो दिनको खेल समाप्त हुँदा तीन विकेटको क्षतिमा २८६ रन बनाएको छ ।पाकिस्तान विरुद्ध विलियम्सन र हेनरी निकोल्सले २१५ रनको साझेदारी गरिसकेका छन् ।

क्राइस्टचर्चको मैदानमा ७१ रन बनाउँदा तीन विकेट गुमाएको न्यूजील्यान्डले त्यसपछि कुनै विकेट गुमाएन । क्रिजमा विलियम्सन ११२ र निकोल्स ८९ रन बनाएर खेलिरहेका छन् । भाग्यशाली रहेका विलियम्सनले तीन पटक जीवनदान पाएका थिए ।

न्यूजील्यान्डका लागि टम लथमले ३३, ब्लन्डेलले १६ र रस टेलरले १२ रन बनाएका थिए । पहिलो इनिङमा पाकिस्तानले २९७ रन बनाएको थियो । न्यूजील्यान्ड अझै ११ रनले पछि छ, तर उसका सात विकेट अझै बाँकी छन् । पहिलो टेस्टमा न्यूजील्यान्डसँग पाकिस्तान १०१ रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको