लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले वर्ष खेलाडीको सूची सार्वजनीक गर्दा लेवान्डोस्की, मेस्सी र रोनाल्डोलाई अन्तिम तीन खेलाडीमा मनोनयन गरेको थियो । पोल्याण्डका अन्तर्राष्ट्रिय फरवार्ड लेवान्डोस्कीले गत वर्ष ४७ खेलमा ५५ गोल गरेका थिए।
जर्मन क्लब बायर्न म्युनिखका खेलाडी उनले बुन्डेसलिगासहित च्याम्पियनसिप र घरेलु कपसमेत जिताएका थिए । तीनै प्रतियोगितामा लेवान्डोस्कीले सर्वाधिक गोल गरेका थिए । ३२ वर्षीय उनले आफ्नो उत्कृष्ट फर्मलाई कायम राखेका छन्। उनले बुन्डेसलिगामा गत बुधबार बायर्नलाई जित दिलाउन दुई गोल गरे।

प्रतिक्रिया