नेपाली फुटबल टोली ढाकामा प्रशिक्षणमा



ढाका । मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आइतबारबाट ढाकामा प्रशिक्षण सुरु गरेको छ । नेपाली टोलीको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै प्रशिक्षण सुरु गरेको हो ।

नेपाली टिमले शेख जमल रंगशालामा ४ दिन प्रशिक्षण गर्नेछन् । यसअघि नेपाली टिमले प्रशिक्षणको अनुमति पाएको थिएन । नेपाली टिम होटलमै क्वारेन्टिनमा रहेको थियो ।

तर, शनिबार २५ खेलाडीसहित अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाललाई प्रशिक्षणको अनुमति मिलेको हो । नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र बंगलादेशबीचको दुबै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा आयोजना हुनेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

ढाका आएपछि मैदानमै अभ्यास गराउन पाएका प्रशिक्षक बालगोपाल महर्जनले कोरोना कारण केही समस्या देखिए पनि नतिजा नेपालले राम्रो ल्याउने विश्वास व्यक्त गरे ।

यस्तै कप्तान किरण चेम्जोङले पनि नेपाल र बंगलादेशको स्तर समान रहेकाले मैत्रीपूर्ण म्याचमा तीव्र प्रतिस्पर्धा हुने बताए । नेपाली टोली गत बिहीबार ढाका पुगेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फुटबल खेलले नेपाली समाजमा एकताको सन्देश फैलाइरहेको छः खेलकुदमन्त्री चौधरी

धरान (सुनसरी)। नेपाल कांग्रेसका नेता एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले फुटबल खेलले

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित

कपिलवस्तु । लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभाले प्रदेश अध्यक्ष सञ्जय गुरुङविरुद्धको अविश्वास

यू–१६ क्रिकेटः सुदूरपश्चिम छनोटको तालिका सार्वजनिक

  बैतडी । एसिसी मेन्स यू–१६ इस्ट जोन कप, २०२५ को  सुदूरपपिश्चम छनोट

काठमाडौँ महानगरपालिकालाई दोस्रो मेयर कप फुटबलको उपाधि

काठमाडौँ । काठमाडौँ महानगरपालिका ‘दोस्रो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को विजेता भएको