क्रिकेट टोलीको प्रशिक्षण मङ्सिर दोस्रो सातादेखि



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मङ्सिर दोस्रो सातादेखि शुरु हुनेभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद (राखेप) ले अनुमति दिएको जनाएको छ । राखेपबाट प्रशिक्षणको अनुमति पाएपछि छठ पर्वको लगत्तै प्रशिक्षण शुरु हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

अनुमति पाएपछि क्यानले प्रशिक्षणको तयारी थालेको उनले बताए । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडी प्रशिक्षण विहीन अवस्थामा छन् । आठ महिनापछि खेलाडी सामूहिक अभ्यासमा जुट्ने छन् ।

हाल क्रिकेट खेलाडी काठमाडौँ तथा कतिपय उपत्यका बाहिर रहेका छन् । प्रशिक्षण अघि सबै खेलाडीको स्वाब परीक्षण गरिने त्यसको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराइने क्यान अध्यक्ष चन्दले बताए । खेलाडी र प्रशिक्षकलाई आवश्यक परेको खण्डमा होटल तथा गेष्ट हाउसमा राख्न सकिने उनको भनाइ छ । यस अघि क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण भदौ १ गतेदेखि थाल्ने योजना बनाएको थियो ।

कोरोना महामारी बढ्दै गएपछि प्रशिक्षण स्थगन गर्नुपरेको थियो । प्रशिक्षणका लागि क्यानले २४ भन्दा बढी खेलाडीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । खेलाडी सहभागिताको निर्णय प्राविधिक समितिले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एलपिएल क्रिकेटमा धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुवात

सुदूरपश्चिम ।  धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट

नेपाल सुपर लिगमा काठमाडौं र झापाले अंक बाँडे

काठमाडौं । काठमाडौं रेजर्स काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएलमा बराबरीमा रोकिएको छ

सातौं दक्षिण एसियाली करातेमा नेपाललाई २९ स्वर्ण

काठमाडौं । नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २९ स्वर्ण पदक जित्दै च्याम्पियन

तिजोक पाँचथरलाई आत्मानन्द गोल्डकपको उपाधि

फिक्कल ।  इलामको माङसेबुङमा सञ्चालित १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकपको उपाधि तिजोक