बार्सिलोना, चेल्सी र युभेन्टस विजयी



युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति बार्सिलोना, चेल्सी र युभेन्टस विजयी भएका छन् । समुह ‘इ’ को खेलमा इंग्लीश क्लब चेल्सीले फ्रान्सको रेनेजलाई ३–० ले हरायो । यही समुहको अर्को खेलमा स्पेनको सेभियाले रुसको क्रास्नोडारमाथि ३–२ को जित निकाल्यो ।

समुह ‘एफ’ को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डले बेल्जियमको क्लब ब्रुजलाई ३–० ले हराउँदा इटालीको लाजियो र रुसको जेनिथले १–१ गोलको बराबरीमा चित्त बुझाउनुपर्योर् ।

यसैगरी समुह ‘जी’ को खेलमा स्पेनको बार्सिलोनाले युक्रेनको डाइनामो किभलाई २–१ ले पराजित गर्दा इटालीको युभेन्टसले हंगेरीको फेरेन्कभारोसलाई ४–१ ले पाखा लगायो ।

च्याम्पियन्स लिगकै समुह ‘एच’ को खेलमा टर्कीको इस्तानबुल बसाक्सेरले इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेडलाई २–१ ले हराउँदा जर्मनीको आर।बी लेप्जीगले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २–१ ले पराजित गर्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयरकप भोजपुर गोल्डकप हुँदै

भोजपुर । प्रत्येक वर्ष सञ्चालन हुने भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप

वर्षाका कारण खेल रद्द हुँदा नेपाल विश्वकपमा पुग्न असफल

काठमाडौं । आइसिसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द हुँदा

छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

राँझा (बाँके) । लामो समयपछि नेपालगञ्जमा आयोजना भएको अन्तर्राष्ट्रियस्तरको  लुम्बिनी कप महिला फुटबल

‘केपी ओली कप ’ राष्ट्रिय क्रिकेटमा गण्डकी च्याम्पियन

कास्की । पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय खुला