बैंग्लोरलाई हराउँदै दिल्ली आइपीएलको क्वालिफायरमा प्रवेश



रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । गएरातिको जितसँगै १४ खेलबाट १६ अंक जोडेको दिल्लीले तालिकाको दोस्रो स्थान पक्का गरेको हो ।

पराजित टोली बैंग्लोरले पनि शिर्ष चारमा रहँदै प्ले अफ्मा आफ्नो स्थान सुरक्षित गरेको छ । बैंग्लोर र कोलकाताको समान १४–१४ अंक भएपनि नेट रनरेटमा बैंग्लोरले कोलकातालाई उछिनेको छ । समुह चरणको अन्तिम खेलमा आज शिर्ष स्थानको मुम्बई इण्डीयन्स र पाँचौ स्थानको सनराइजर्स हैदरावाद भिड्नेछन् । यो खेलपछि कोलकाता र हैदरावादमध्ये एक टोली प्ले–अफ्मा पुग्नेछ ।

आबुधावीमा हिजो भएको खेलमा दिल्लीले बैंग्लोरलाई ६ विकेटले हरायो । टस हारेपछि व्याटिङको निम्तो पाएको बैंग्लोरले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ५२ रन बनायो ।

उसका लागि देवदत्त पाडिक्कलले ५० रन जोडे । जवाफमा १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ४ विकेटको क्षतीमा पुरा गर्यो । दिल्लीका लागि अजिन्क्या रहानेले ६० रन तथा शिखर धवनले ५४ रनको योगदान गरे । बलिङतर्फ बैंग्लोरका शहबाज अहमदले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीलाई सम्मान

जनकपुरधाम । यही मङ्सिर १५ गते पोखरा रङ्गशालामा सम्पन्न केपी ओली कप टी–२०

ताप्लेजुङ प्रथम किरात गोल्डकपको सेमिफाइनलमा

  पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत मंगलबार भएको

ललितपुर र वीरगञ्जको खेल बराबरी

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लबले

राखेप सदस्य–सचिव र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र यहाँस्थित चिनियाँ