ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा उक्लियो



स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा रियलले हुयस्कालाई ४–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । शीर्ष स्थानमा रहेको रियलको १६ अंक रहेको छ ।

दोस्रो स्थानमा रहेको रियल सोसिडाडको १४ अंक छ । रियलको जितमा करिम बेन्जिमाले दुई तथा, फेडरिको भाल्भाडे र इडन हाजार्डले एक एक गोल गरेका थिए ।

घरेलु मैदानमा रियलले ४० औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि हाजार्डले गोल गर्दै अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा बेन्जिमाले गोल गरेपछि रियलले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

भाल्भाडेले ५४ औं मिनेटमा टिमका लागि तेस्रो गोल गरे । ७४ औं मिनेटमा डेभिड फेरिरोले गोल गर्दै हुयस्कालाई खेलमा फर्काउन खोजेका थिए । तर, रियलका लागि बेन्जिमाले ९० औं मिनेटमा गोल गरेपछि ४–१ गोल अन्तरले विजयी भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एलपिएल क्रिकेटमा धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुवात

सुदूरपश्चिम ।  धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट

नेपाल सुपर लिगमा काठमाडौं र झापाले अंक बाँडे

काठमाडौं । काठमाडौं रेजर्स काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएलमा बराबरीमा रोकिएको छ

सातौं दक्षिण एसियाली करातेमा नेपाललाई २९ स्वर्ण

काठमाडौं । नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २९ स्वर्ण पदक जित्दै च्याम्पियन

तिजोक पाँचथरलाई आत्मानन्द गोल्डकपको उपाधि

फिक्कल ।  इलामको माङसेबुङमा सञ्चालित १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकपको उपाधि तिजोक