आइपीएलमा मुम्बईद्वारा दिल्ली ९ विकेटले पराजित



इन्डियन प्रिमियर लिग(आइपीएल)मा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराएको छ । जितसँगै मुम्बई क्वालिफायर्समा पुगेको छ भने दिल्लीले प्लेअफमा पुग्नका लागि अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

शनिबार अपरान्ह दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय १० रन बनायो । निकै खराव सुरुवात गरेको दिल्लीले एक रन हुँदा पहिलो विकेट खेर फाल्यो । उसका ओपनर शिखर धवन खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि अर्का ओपनर पृथ्वी शा पनि १० रनमा आउट भएपछि दिल्लीले १५ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि कप्तान श्रेयस ऐयरपनि २५ रनमा आउट हुँदा दिल्लीले ५० रनमा तेस्रो विकेट गुमायो ।

उसका कुनैपनि खेलाडीबीच दरिलो साझेदारी हुन सकेन । रिसब पन्त २१ रनमा आउट भए भने मार्कुस स्टोनीसले मात्र दुई रन बनाए । यस्तै सिमरन हिटमेयरले ११ रन जोड्दा हर्षल पटेल पाँच रनमा आउट भए । यस्तै रविचन्द्रन आश्विनले १२ रन बनाए भने कागिसो राबाडाले पनि १२ रनको योगदान गरे । बलिङमा ट्रेन्ट बोल्ट र जसप्रित बुर्माहले तीन तीन विकेट लिए ।

जवाफमा साविक विजेता मुम्बईले १४ ओभर दुई बलमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बलियो सुरुवात गरेको मुम्बईले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेको थियो । उसका ओपन क्विन्टन डी कक २६ रनमा बाहिरीए । त्यसपछि इशान किशन र शुर्यकुमार यादवले टिमलाई जित दिलाए । जसमा किशनले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ७२ रन बनाए । यो जितपछि मुम्बईको १३ खेलमा १८ अंक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एलपिएल क्रिकेटमा धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुवात

सुदूरपश्चिम ।  धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट

नेपाल सुपर लिगमा काठमाडौं र झापाले अंक बाँडे

काठमाडौं । काठमाडौं रेजर्स काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएलमा बराबरीमा रोकिएको छ

सातौं दक्षिण एसियाली करातेमा नेपाललाई २९ स्वर्ण

काठमाडौं । नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २९ स्वर्ण पदक जित्दै च्याम्पियन

तिजोक पाँचथरलाई आत्मानन्द गोल्डकपको उपाधि

फिक्कल ।  इलामको माङसेबुङमा सञ्चालित १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकपको उपाधि तिजोक