आईपीएलमा राजस्थानद्वारा पन्जाब ७ विकेटले पराजित



इण्डीयन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किङ्स इलेभेन पन्जाबलाई ७ विकेटले हराएको छ । युएईमा जारी १३ औं संस्करणको आईपिएल क्रिकेटमा राजस्थानको यो छैटौं जित हो ।

आबुधाबीमा गएराति पन्जाबले दिएको १ सय ८६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । राजस्थानको जितमा बेन स्टोक्सको ५० रन तथा सन्जु सामसनको ४८ रन महत्वपूर्ण रह्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

पन्जाबका लागि क्रिस गेलले ९९ रनको अर्धशतकीय इनिङ्स खेले । शतक बनाउन एक रनले चुकेका गेलले ६३ बलमा ८ छक्का र ६ चौका प्रहार गरे । यो सँगै गेल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा एक हजार छक्का प्रहार गर्ने पहिलो खेलाडी समेत बनेका छन् । पन्जाबलाई हराएसँगै राजस्थान आईपिएल तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

१३ खेलमा १२ अंक जोडेका राजस्थान र पन्जाब दुबै टोलीको प्ले अफ्मा छनौट हुने संभावना जिवितै छ । आईपिएल क्रिकेटमा आज दुई खेल हुनेछन् । दुबईमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डीयन्स भिड्दा सारजहाँमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराईजर्स हैदरावादको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उसु डिप्लोमा कोर्षमा सहभागीलाई प्रशिक्षण दिन चिनियाँ प्रशिक्षक नेपालमा

काठमाडौँ । नेपाल उसु महासङ्घको आयोजनामा काठमाडौंमा जारी सातौँ राष्ट्रिय उसु निर्णयक परीक्षा

मधेस प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई

राजविराज । राजविराजमा बिहीबार सम्पन्न तेस्रो संस्करणको मधेस प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि

क्रिकेटर लोहनीको उपचारका लागि क्यानले पाँच लाख रुपैयाँ दिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सिद्धान्त लोहनीको उपचारका लागि पाँच

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण २० प्रतिशत सम्पन्न

चितवन। चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ