आईपीएलमा कोलकातामाथि चेन्नईको रोमान्चक जित



काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टीट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्स विजयी भएको छ।

यूएईको शेख जायद रंगशालामा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै अंकतालिकाको पुछारमा रहेको चेन्नई विजयी भएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रन बनायो ।

कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले भने २० ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । अन्तिम ओभरमा चेन्नईलाई जितका लागि १० रन आवश्यक रहेका बेला रविन्द्र जडेजाले अन्तिम दुई बलमा दुई छक्का प्रहार गरेपछि चेन्नईले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो।

आईपीएलमा प्लेअफबाट बाहिरिइसकेको चेन्नईले अब एक खेल खेल्न बाँकी छ भने हिजोको हारसँगै पाँचौँ स्थानको कोलकाताले शीर्ष चारमा स्थान पक्का गर्नबाट चुकेको छ।

यसैबीच चेन्नईले कोलकता लाई पराजित गरेपछि साविक विजेता मुम्बई इन्डियन्स प्ले अफमा पुग्ने पहिलो टिम बन्न पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।