आइपिएलमा हैदरावादसँग दिल्ली ८८ रनले पराजित



इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादसँग ८८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

मंगलबार राती आइपिएलको ४७ औं सम्पन्न खेलमा दिल्ली हैदराबादसँग फराकिलो अन्तरले पराजित हुँदै दुई खेल अगावै प्ले अफमा पुग्ने अवसर गुमाउनुको साथै अंक तालिकामा तेस्रो स्थानमा झरेको छ । जितका लागि २ सय २० रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली १९ ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो ।

दिल्लीले सुरुवात देखिनै खराब प्रर्दशन गरेको थियो । पहिलो ओभरको तेस्रो बलमै सन्दीप शर्माले ओपनर शिखर धवनलाई डेभिड वार्नरबाट शून्यमा क्याच आउट गराए । दोस्रो ओभरको अन्तिम बलमा मार्कस स्टोइनिस पाँच रनमा क्याच आउट हुन पुगे ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा २ विकेटको क्षतिमा २ सय १९ रन बनाएको थियो । हैदराबादका विकेटकिपर समेत रहेका शाहले ४५ बलमा १२ चौका र २ छक्का सहित सर्वाधिक ८७ रनको महत्वपूर्ण योगदान दिए । ओपनर जोनी बेयरस्टोलाई बेन्चमा राख्दै आज हैदराबादले शाहलाई खेलाउने निर्णय लिएको थियो । जुन निर्णयलाई शाहले सहि सावित गरे । कप्तान डेभिड वार्नरले ३४ बलमा ८ चौका र २ छक्का सहित ६६ रनको आक्रामक इनिङ खेले ।

हैदराबादलाई ओपनर वार्नर र शाहले उत्कृष्ट सुरुवात दिलाएका थिए । जारी सिजनको आइपिएलमा पावर प्लेकै सर्वाधिक रन बनाउने क्रममा हैदराबादले कुनै विकेट नगुमाई ७७ रन जोडेका थिए । १५ औं ओभरको तेस्रो बलमा एनरिच नोर्कियाको बलमा ठूलो सट खेल्ने धुनमा मिड अफमा कप्तान श्रेयस ऐरबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए । दोस्रो विकेटका लागि मनिष पान्डे र शाहले ६३ रनको साझेदारी गरेका थिए ।

जारी सिजनमा उत्कृष्ट प्रर्दशन गरेका कागिसो रबाडाको प्रर्दशन भने सम्झन लायक रहेन । रबाडाले ४ ओभरमा ५४ रन खर्चिदै विकेट लिन सकेनन् । रबाडा २६ टि२० खेल पछि पहिलो पटक विकेट बिहिन बन्न पुगेका हुन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीलाई सम्मान

जनकपुरधाम । यही मङ्सिर १५ गते पोखरा रङ्गशालामा सम्पन्न केपी ओली कप टी–२०

ताप्लेजुङ प्रथम किरात गोल्डकपको सेमिफाइनलमा

  पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत मंगलबार भएको

ललितपुर र वीरगञ्जको खेल बराबरी

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लबले

राखेप सदस्य–सचिव र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र यहाँस्थित चिनियाँ