आइपिएलमा राजस्थानद्वारा मुम्बई ८ विकेटले पराजित



अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकमा इन्डियन प्रिमियर लिग आइपिएलको ४५ औं खेलमा राजस्थान रोयल्सले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको छ ।

राजस्थानले आइतबार राती सम्पन्न खेलमा मुम्बईलाई ८ विकेटले पराजित गर्दै प्ले अफको सम्भावना कायमै राखेको छ । जितका लागि १ सय ९६ रनको बलियो लक्ष्य पछ्याएको राजस्थानले १८।२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । राजस्थानको जितमा बेन स्टोक्सले अविजित शतकीय इनिङ खेले । स्टोक्स ६० बलमा १४ चौका र ३ छक्का सहित १ सय ७ रनमा अविजित रहे । यो स्टोक्सको आइपिएलमा दोस्रो शतक हो ।

स्टोक्सले १९ औं ओभरको पहिलो बलमा जेम्श प्याटिनसनलाई मिड विकेटमा छक्का प्रहार गर्दै ५९ बलमा शतक प्रहार गरेका थिए । लगत्तै अर्को बलमा चौका प्रहार गर्दै जित पक्का गराए । स्टोक्सलाई राम्रो साथ दिएका युवा ब्याट्सम्यान सन्जु स्यामसन ३१ बलमा ४ चौका र ३ छक्का सहित ५४ रनमा अविजित रहे । तेस्रो विकेटका लागि स्यामसन र स्टोक्सले १ सय ५२ रनको उत्कृष्ट अविजित शतकीय साझेदारी गरेपछि मुम्बई निरिह सावित बन्न पुगेको थियो ।

दोस्रो ओभरको पाँचौ बलमा ओपनर रोबिन उथप्पालाई जेम्स प्याटिनसनले कप्तान काइरन पोलार्डबाट १३ रनमा क्याच आउट गराएका थिए । पाँचौ ओभरको चौथो बलमा प्याटिनसनले स्टिभ स्मिथलाई ११ रनमा बोल्ड आउट गरेका थिए । मुम्बईका जेम्श प्याटिनसनले २ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ५ विकटको क्षतिमा १ सय ९५ रन बनाएको थियो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै हार्दिक पान्ड्या २१ बलमा २ चौका र ७ छक्का सहित ६० रनमा अविजित रहेपनि टोलीको हार टानए सकेनन् । हार्दिकले अन्तिम ओभरमा कार्तिक त्यागीलाई तीन छक्का र दुई चौका गरि कुल २७ रन जोडेका थिए ।

तीव्र गतिका बलर जोफ्रा आर्चरले पहिलो ओभरको पाँचौ बलमा क्विन्टन डी ककलाई ६ रनमा बोल्ड आउट गरे । दोस्रो विकेटका लागि सूर्यकुमार यादव र ईशान किशनले ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ११ औं ओभरको चौथो बलमा कार्तिक त्यागीले जोफ्रा आर्चरबाट ईशान किशनलाई ३७ रनमा क्याच आउट गराए । किशनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

श्रेयस गोपालले १३ औं ओभरको दोस्रो बलमा बेन स्टोक्सबाट सूर्यकुमार यादवलाई ४० रनमा क्याच आउट गराए । यादवले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यसै ओभरको अन्तिम बलमा कप्तान काइरन पोलार्ड ६ रनमा बोल्ड आउट भए । यो जितसँगै राजस्थानको प्ले अफ सम्भावना कायमै रहेको छ । राजस्थानले अव शुक्रबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ । मुम्बईले बुधबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । एजेन्सी 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका