आईपीएलमा बेंगलोर ८ विकेटले विजयी



इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा टस जितेर पहिले व्याटिङ रोजेको कोलकाता नाईट राईडर्स निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रनमा समेटिएको थियो । विराट कोलीको कप्तानीमा जवाफी व्याटिङमा उत्रिएको बेंगलोरले १३।३ ओवरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएपछि यो जित बेंगलोरको हातमा गएको हो । हिजो सम्पन्न खेलमा कोलकाताले बनाएको ८४ रनको योगफल १३ औं आईपीएल सिजनकै सबैभन्दा थोरै रन बन्न पुगेको छ । यसअघि यसै सिजनमा बेंलोर भने पन्जाबसँग १०९ रनमा समेटिएको थियो ।

यस सिजनकै उत्कृष्ट बल गरेवापत बेंलोरका बलर मोहम्मद सिराज म्यान अफ द म्याच घोषित भए । उनले ४ ओवरमा ८ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए । यो जितसंगै बेंगलोर १० खेलबाट १४ अंक जोड्दै तालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।

आज साँझ राजस्थान रोयल र सनराईजर्स हैदरावाद बीच दुवई अन्तराष्ट्रिय खेल मैदानमा साँझ पौने ८ बजेदेखि आमनेसामने हुँदैछन् । प्रतियोगितामा अहिलेसम्म यी दुवै टिमले झिनो नतिजा आत्मसाथ गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एलपिएल क्रिकेटमा धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुवात

सुदूरपश्चिम ।  धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट

नेपाल सुपर लिगमा काठमाडौं र झापाले अंक बाँडे

काठमाडौं । काठमाडौं रेजर्स काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएलमा बराबरीमा रोकिएको छ

सातौं दक्षिण एसियाली करातेमा नेपाललाई २९ स्वर्ण

काठमाडौं । नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २९ स्वर्ण पदक जित्दै च्याम्पियन

तिजोक पाँचथरलाई आत्मानन्द गोल्डकपको उपाधि

फिक्कल ।  इलामको माङसेबुङमा सञ्चालित १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकपको उपाधि तिजोक