आईपीएलमा पन्जाबको जित



इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबले शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

दुबईमा मंगलबार राति भएको खेलमा पन्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्लीलाई ५ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । पन्जाबको जितमा निकोलस पुरनले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

ग्लेन म्याक्स्वेल ३२ रनमा आउट हुँदा दिपक होडाले अविजित १५ रन बनाए । यस्तै क्रिस गेलले २९ रन जोड्दा कप्तान केएल राहुलले १५ रन बनाए ।

जेम्स निशम १० रनमा अविजित रहे । दिल्लीका कागिसो राबडाले दुई विकेट लिए । अक्षर पटेल र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ्स खेले । धवनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन् ।

धवनले आईपीएल इतिहासमा लगातार दुई शतक बनाउने खेलाडीको कीर्तिमान समेत बनाए । धवनले यसै खेलबाट आईपीएलमा ५ हजार रन समेत पुरा गरेका छन् ।

यस्तै कप्तान श्रेयस आयर र ऋषब पन्तले समान १४/१४ रन बनाए । शिम्रन हिटमायर १० रनमा आउट भए । पन्जाबका मोहमद शामीले २ विकेट लिए ।

यस्तै ग्लेन म्याक्सवेल,जेम्स निशम र मुरुगान आश्विनले १/१ विकेट लिए । यो जितसँगै पन्जाबले दिल्लीसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

सिजनको पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो । जितसंगै पन्जाबले १० खेलमा ८ अंक जोडेको छ ।

पन्जाब तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ । दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीले १० खेलमा १४ अंक जोडेको छ ।

दिल्ली शीर्ष स्थानमा यथावत रहेको छ । पन्जाबविरुद्ध दिल्लीले सन्दीपलाई मौका दिएको थिएन । सन्दीप लगातार १० खेलमा दिल्लीको प्लेइङ सेट बाहिर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।