टोक्यो ओलिम्पिक्स रुसी ह्याकरहरूको निशानामा



रुसी ह्याकरहरूले यो वर्षको टोक्यो ओलिम्पिक्स प्रतियोगितालाई बाधा पुर्याउने उद्देश्यले निशानामा पारेको वेलायतका अधिकारीहरूले बताएका छन् । वेलायतको विदेश मामिला हेर्ने कार्यालयले रुसको जीआरयू सैन्य गुप्तचरले ’आफ्नो प्रभाव बाहिरका अधिकारी र सङ्गठनविरूद्ध’ साइबर हमलाहरू गरेको जनाएको छ ।

कोरोनाभाइरस महामारीका कारण उक्त खेल प्रतियोगिता सन् २०२१ लाई सारिनुअघि त्यस्तो हमला गराइएको बताइएको छ । यद्यपि अधिकारीहरूले त्यो हमलाको प्रकृति र तह कस्तो थियो भने विस्तृत रूपमा खुलाएका छैनन् । यति नै बेला अमेरिकाको न्याय मन्त्रालयले समेत ६ जना रुसी गुप्तचरविरूद्ध ’रुसलाई रणनीतिक फाइदा हुनेगरी’ साइबर हमलाहरू गरेको अभियोग लगाएको छ ।

अमेरिकी अभियोजनकर्ताका अनुसार उक्त समूहले सन् २०१८ मा दक्षिण कोरियामा भएको हिउँदे ओलिम्पिक्स, सन् २०१७ को फ्रान्सको राष्ट्रपतीय निर्वाचन र युक्रेनको उर्जा ग्रिडमा असर पार्ने प्रयासहरू गरेका थिए ।

युक्रेनको उर्जा प्रणाली बन्द गर्ने तीन वर्षअघिको उक्त घटनाबाट विश्वभरि १० अर्ब डलर क्षति पुगेको अनुमान गरिएको थियो । सन् २०१८ को हिउँदे ओलिम्पिक्सको उद्घाटन समारोह लक्षित गर्दै गरिएको हमला वेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रको सहयोगमा विश्लेषण गरिएको थियो । जसको असर देखिनबाट रोक्न सफल भए पनि त्यसले सञ्जालहरूमा असर पारेर पूरै हिउँदे ओलिम्पिक्स र पारालिम्पिक्सका खेलहरूमा अवरोध निम्त्याउने उद्देश्य राखेको थियो ।

अमेरिकी सहायक महान्यायाधिवक्ता जोन डेमर्सले कुनै पनि देशले आफ्नो साइबर अस्त्र क्षमतालाई रुसले जस्तो दुर्भाग्यपूर्ण वा गैरजिम्मेवारपूर्ण तरिकाले विकास नगरेका बताएका छन् । डेमर्सले ती हमलाहरू एउटै समूहले गरेकामध्ये अहिलेसम्मकै बढी क्षति पु¥याउने खालको रहेको बताएका छन् ।

वेलायतका विदेशमन्त्री डोमिनिक राबले ओलिम्पिक्स र पारालिम्पिक्स खेलहरू लक्षित हमलाहरू तिनका आयोजक, प्रायोजक र व्यवस्थापकीय सुविधाको आपूर्ति गर्नहरूप्रति लक्षित गरिएको भन्दै त्यसलाई ’स्वार्थी र अविवेकी’ काम बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एलपिएल क्रिकेटमा धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुवात

सुदूरपश्चिम ।  धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट

नेपाल सुपर लिगमा काठमाडौं र झापाले अंक बाँडे

काठमाडौं । काठमाडौं रेजर्स काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएलमा बराबरीमा रोकिएको छ

सातौं दक्षिण एसियाली करातेमा नेपाललाई २९ स्वर्ण

काठमाडौं । नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २९ स्वर्ण पदक जित्दै च्याम्पियन

तिजोक पाँचथरलाई आत्मानन्द गोल्डकपको उपाधि

फिक्कल ।  इलामको माङसेबुङमा सञ्चालित १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकपको उपाधि तिजोक