प्रिमियर लिगमा वुल्भ्स विजयी



इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वुल्भ्स विजयी भएको छ । अवे मैदानमा भएको खेलमा वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

वुल्भ्सका लागि राउल जिमिनेजले ७० औं मिनेटमा गोल गरेका हुन् । किलम्यानको सहयोगमा जिमिनेजले गरेको गोल नै वुल्भ्सको जितका लागि निर्णायक बन्यो ।

जितपछि पाँच खेलबाट ९ अंक जोडेको वुल्भ्स ९ अंकसहित छैटौं स्थानमा पुगेको छ । सुरुका दुई खेल गुमाएको वुल्भ्सले पछिल्ला तीन खेलमा भने लगातार जित दर्ता गरेको छ । गए राति नै भएको अर्को खेलमा वेष्ट ब्रोम र बर्नलीले गोलरहित बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एलपिएल क्रिकेटमा धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुवात

सुदूरपश्चिम ।  धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट

नेपाल सुपर लिगमा काठमाडौं र झापाले अंक बाँडे

काठमाडौं । काठमाडौं रेजर्स काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएलमा बराबरीमा रोकिएको छ

सातौं दक्षिण एसियाली करातेमा नेपाललाई २९ स्वर्ण

काठमाडौं । नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २९ स्वर्ण पदक जित्दै च्याम्पियन

तिजोक पाँचथरलाई आत्मानन्द गोल्डकपको उपाधि

फिक्कल ।  इलामको माङसेबुङमा सञ्चालित १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकपको उपाधि तिजोक