मुम्बई पञ्जावको खेल दोस्रो पटक सुपर ओभरमा



इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्स र पञ्जावको खेल दोस्रो पटक सुपर ओभरमा पुगेको छ । क्रिकेटको इतिहासमा पहिलो पटक एउटै खेलमा २ पटक सुपर ओभरको खेल भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो । मुम्बईको सुरुवात भने राम्रो रहन सकेन ।

ओपनिङ आएका कप्तान रोहित शर्मा व्यक्तिगत ९ रन बनाएर आउट भए । रोहित शर्मा आउट हुँदा मुम्बईको स्कोर २३–१ रहेको थियो । रोहितले ८ बलमा २ चौका प्रहार गरेका थिए । रोहितलाई अर्षदीप सिंहले आउट गरेका थिए । त्यसलगै सूर्यकुमार यादव पनि खाता नै नखोली पभेलियन फर्किए । इशान किसन पनि धेरै बेर क्रिजमा टिक्न सकेनन् ।

किशन व्यक्तिगत सात रन बनाएर आउट भए । किशन आउट हुँदा मुम्बईको स्कोर ३८–३ भएको थियो । यसैगरी दवावमा आएको मुम्र्बलाई क्विन्टन डी कक र क्रुनाल पाण्ड्याले अघि बढाएका थिए । यी दुईकाबीचमा ५८ रनको साझेदारी गर्दै टिमको स्कोर ९६ रन पुगेका बेला पाण्ड्या आउट हुन पुगे ।

उनी व्यक्तिगत ३४ रन बनाएर रवि विश्नोईको बलिङमा आउट भएका थिए । पाण्ड्याले ३० बल खेल्दा ४ चौका र एक छक्का प्रहार गरे । त्यसपछि क्रिजमा आएका हार्दिक पाण्ड्याले आक्रमक शुरु गर्न खोज्दा चाँडै आउट भए । उनले चार बलमा ८ रन बनाउँदा एक छक्का प्रहार गरेका थिए । हार्दिक र डि ककले मुम्बईको स्कोर ११६ रन पुराएका थिए ।

टिमको खातामा थप तीन रन जोडिएका बेला ओपनिङ आएका डि कक आउट हुन पुगे । उनी अर्धशतकीय परि खेल्दै पभेलियन फर्किएका हुन् । डी ककले ४३ बल खेल्दा तीन चौका र तीन छक्का प्रहार गरे । डी ककलाई क्रिस जोर्डनले आउट गरेका थिए ।

त्यसपछि केइरन पोलार्ड र नाथन कल्टर नाइलले मुम्बईको इनिङ उकासे । दुवै जनाले १२–१२ बल फेस गर्दा आक्रामक पारि खेले । पोलार्डले ३४ रन बनाउँदा कल्टरले २४ रनको योगदान गरे । यी दुई बीच ५७ रनको नटआउट साझेदारी भएको थिया । पोलार्डले चार छक्का र एक चौका प्रहार गर्दा कल्टरले चार चौका प्रहार गरेका थिए । पञ्जावको मोहमद शामी र अर्सदीप सिंहले समान दुई दुई विकेट लिए ।

 

जवाफमा पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदा एक सय ७६ रन नै बनाएपछि खेल बराबरी भएको थियो ।

३३ रनमा पहिलो विकेट गुमाएको पञ्जावले ७५ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि उसले एक सय आठ रन हुँदा तेस्रो विकेट गुमाउन पुग्यो । पञ्जावको स्कोर एक सय ५३ रन हुँदा पाँचौ विकेट झरेको थियो ।

पञ्जावका लागि मायांक अग्रवालले ११ रन बनाए भने क्रिस गेलले २४, निकोलस पुरनले पनि २४ रन बनाए । तर यो सिजनमा निकै खराव खेलिरहेका ग्लेन म्याक्सवेलले खाता खोल्न सकेनन् । टिमका कप्तान लोकेश राहुलले ७७ रनको पारी खेले ।

सुपर ओभरमा पञ्जावले मात्र ५ रनको लक्ष्य दिएको थियो । जसमा मुम्बईले ४ रन बनायो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त