क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरको डेढ करोड सहयोग



चितवन । गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले एक करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक आइतबार हस्तान्तरण गरिन् ।

महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित चार करोडमध्ये पहिलो चरणमा ५० लाख र दोस्रो चरणमा एक करोड ५० लाख प्रदान गरेको हो । महानगर प्रमुख दाहालले रङ्गशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजितमध्येको रकम थप्दै लगिने जानकारी दिइन् ।

फाउण्डेशनका अध्यक्ष धुर्मुसले रकम ग्रहण गर्दै अन्य रकमका बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरे । रङ्गशाला भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगामा बार्सिलोनाको जित

काठमाडौं । रोबर्ट लेवान्दोस्कीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–२ गोल

पोखरा स्पोर्ट्स अवार्डका चार विधामा मनोनयन सार्वजनिक

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको

लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि

  काठमाडौं ।  पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि