म्यान्चेस्टर सिटीद्वारा आर्सनल १–० ले पराजित



इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटीले आर्सनललाई १–० ले हराएको छ । दुई बलिया टोलीबीचको भिडन्तमा सिटीलाई विजयी गराउन राहिम स्टर्लीङले निर्णायक गोल गरे ।

गएरातिको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले न्युकासल युनाईटेडलाई ४–१ ले पाखा लगायो । यसैगरी तालिकाको शिर्ष स्थानमा रहेको एभर्टनले साविक विजेता लिभरपुललाई २–२ गोलको बराबरीमा रोक्दा चेल्सी पनि साउथह्याम्पटनसँग ३–३ गोलको बराबरीमा रोकिएको छ ।

गएरातिका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकामा ५ खेलबाट १३ अंक जोडेको एभर्टन शीर्ष स्थानमा छ । दोस्रो स्थानको लिरभपुलको १० अंक छ भने ३ खेलबाट ९ अंक जोडेको एस्टन भिल्ला तेस्रो स्थानमा रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।