डिभिलियर्सको विस्फोटक ब्याटिङमा बैंग्लोरको रोमाञ्चक जित



इन्डियन प्रिमियर लिग आइपीएलमा बैंग्लोरले छैटौ जित निकालेको छ । शनिबार भएको खेलमा बैंग्लोरले राजस्थानलाई सात विकेटले हरायो । दुबई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको राजथानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७७ रन बनायो ।

बलियो सुरुवात गरेको राजस्थानले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेको थियो । उसका ओपनर बेन स्टोक ब्यक्तिगत १५ रनमा आउट भयो । यस्तै रविन उथप्पाले ४१ रनको योगदान गरे भने सञ्जु सामसानले मात्र नौ रन जोडे ।

६९ रनमा तीन विकेट गुमाएको राजस्थानका लागि स्टिभ स्मिथ र जोस बट्लरले ५८ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । जसमा बटलरले २४ रन बनाए ।
यस्तै कप्तान स्मिथले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५७ रन बनाए । यस्तै राहुल टिवाटीयाले पनि १९ रनको योगदान गरे । बलिङमा क्रिस मोरिसले चार तथा युज्भेन्द्र चाहलले दुई विकेट लिए ।

जवाफमा बैंग्लोर १९ ओभर चार बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । एक समय बलियो देखिएको बैंग्लोरले अन्तिममा राम्रो रन हान्न नसक्दा हार ब्यहोर्न बाध्य भयो । २३ रनमा पहिलो विकेट गुमाएको बैंग्लोरले एक सय दुई रनमा तीन विकेट गुमाएको थियो ।

उसका लागि देवदत्त पाडिकलले ३५ रन बनाए भने आरोन फिन्सले १४ रनको योगदान गरे । यस्तै कप्तान विराट कोहलीले ४३ रन बनाउँदा अन्तिममा एवी डिभिलियर्सले अन्तिममा विस्फोटक ब्याटिङ गर्दै टिमलाई जित दिलाए ।

उनले १९ औं ओभरमा लगातार तीन छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । जसमा डिभिलियर्सले २२ बलमा एक चौका र ६ छक्काको मद्दतमा ५५ रन बनाए । यो जितपछि बैंग्लोरको ८ खेलमा १२ अंक भएको छ। राजस्थानको ८ खेलमा ६ अंक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनगढीको लगातार दोस्रो जित

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा धनगढी एफसीले

खेल सङ्घ वर्गीकरण गर्न कार्यदल गठन

  काठमाडौँ ।  खेल क्षेत्रमा लामो समय क्रियाशील खेल विज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद

बागमतीलाई पराजित गर्दै आर्मी केपी ओली कपको फाइनलमा

कास्की । पोखरामा जारी ‘केपी ओली कप टी—ट्वान्टी राष्ट्रिय क्रिकेट’ मा विभागीय त्रिभुवन

ललितपुर र पोखराले अंक बाँडे

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनएसएल)अन्तर्गत ललितपुर सिटी एफसी र पोखरा