आइपीएलमा दिल्ली फेरि शीर्ष स्थानमा



इन्डियन प्रिमियर लिग (आइपीएल)मा राजस्थान रोयल्सले अर्को हार ब्यहोरेको छ । बुधबार राति भएको खेलमा राजस्थान दिल्ली क्यापिटल्ससँग १३ रनले पराजित भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले शिखर धवन र कप्तान श्रीयस ऐयर अर्धशतकिय पारिको मद्दतले राजस्थानविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो ।

दिल्लीको शुरुवात भने राम्रो रहन सकेन । खाता नै नखोली पृथ्वी शा आउट हुन पुगे । टिमको स्कोरवोर्डमा १० रन भएका बेला अजिंका रहाने पनि पभेलियन फर्किएका थिए । शूरुकै दुई विकेट लिएर राजस्थानको जोफ्रा आर्चरले दिल्लीलाई दबावमा ल्याएका थिए । त्यसपछि श्रीखर धवन र श्रीयस अय्यरले ८५ रनको साझेदारी गर्दै टिमको स्कोर ९५ रन पुगाए ।

तेस्रो विकेटको रुपमा अर्धशतकिय पारि खेलेका धवन आउट हुन पुगे । धवनले ३३ बलमा ६ चौका र २ छक्कासहित ५७ रन बनाएर आउट भएका हुन् । तर धवन आईपीएलमा सर्वाधिक ३९ अर्धशतक बनाउने पहिलो भारतीय खेलाडी भने बनेका छन् ।

त्यसपछि टिमको स्कोर १३२ रन भएका बेला कप्तान अय्यर पनि अर्धशतकिय पारीका साथ विदा भए । उनले ४३ बलमा तीन चौका तथा दुई छक्काको सहारमा ५३ रन बनाए । मार्कस स्टोनिस १८ तथा एलेक्स केरी १७ रन बनाएर आउट हुँदा अक्सर पटेल पनि ७ रनमा पभेलियनको बाटो लागे ।

राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिँदा जयदेव उनादकटले २ विकेट लिए । कार्तिक त्यागी र श्रीयस गोपालले एक एक विकेट बाँडे ।

जवाफमा राजस्थानले २० ओभरमा सात विकेट गुमाउँदा एक सय ६१ रनमा रोकियो । ३७ रनमा पहिलो विकेट गुमाएको राजस्थानले ४० रनमा दोस्रो खेर फालेको थियो । उसको स्कोर एक सय १० रन हुँदा पाँच विकेट झरेको थियो ।

राजस्थानका लागि जोस बट्लरले २२ रन बनाए भने बेन स्टोकले ४१, सञ्जु सामसानले २५ रन बनाए । यस्तै रविन उथप्पाले ३२ रन जोडे । उसका कप्तान स्टिभ स्मिथ एक रनमा आउट भए भने रियान प्रागपनि एक रनमा रनआउट भए ।

अन्तिममा राउल टेवाटियाले १४ रन बनाएपनि टिमलाई हारबाट बचाउन पर्याप्त बनेन । दिल्लीका लागि तुसार देशपाण्डे र एनरिच नोर्जीले दुई दुई विकेट लिए ।

जितपछि दिल्लीले आठ खेलमा १२ अंक बनाएको छ । उसले अहिलेसम्म ६ खेलमा जित निकालेको छ । राजस्थानका भने यो प्रतियोगितामा पाँचौ हार हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पथरी शनिश्चरेमा फुटवल खेलाडी उत्पादन गरिँदै

मोरङ । मोरङको पथरीशनिश्चरे नगरका दुई वडाले स्थानीय रुपमा फुटबल खेलाडी उत्पादन गर्ने

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको ‘मनुश्री भिग्नजीत

ललितपुर सिटी नेपाल सुपर लिगको फाइनलमा

काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिगको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित

आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयरकप भोजपुर गोल्डकप हुँदै

भोजपुर । प्रत्येक वर्ष सञ्चालन हुने भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप