नेइमारको ह्याट्रिकमा पेरुमाथि ब्राजिलको सानदार जित



फ्रान्सेली च्याम्पियन पीएसजीका सुपरस्टार नेइमारले ह्याट्रिक पूरा गरेपछि सन् २०२२ मा कतारमा हुने विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले पेरुमाथि ४-२ गोलअन्तरको जित निकालेको छ ।

पहिलो खेलमा बोलिभिमाथि ५-० को जित रचेको ब्राजिलको छनोट प्रतियोगितामा यो लगातार दोस्रो जित हो । पेरुको लिमास्थित राष्ट्रिय रंगशालामा पहिलो हाफ दुवै टिमले १-१ गोलको बराबरी खेलेका थिए ।

खेलको छैटौं मिनेटमै आन्द्रे क्यारिल्लोले गोल गरेपछि घरेलु टोलीले अग्रता पाएको थियो । तर २८ औं मिनेटमा प्राप्त पेनाल्टी अवसरलाई सदुपयोग गरी पीएसजीका सुपरस्टार स्ट्राइकर नेइमारले ब्राजिलका लागि बराबरी गोल फर्काएका थिए ।

दोस्रो हाफमा पुनः घरेलु टोली पेरुले अग्रता बनायो । ५९ औं मिनेटमा रेनाटो तापियाले गोल गरेका थिए । तर ६४ औं मिनेटमा रिचर्डलिसनले ब्राजिलका लागि बराबरी गोल फर्काए ।

त्यसयता २ गोल नेइमारको नाममा रह्यो । ८३ औं मिनेटमा पाएको पेनाल्टी अवसर सदुपयोग गरी नेइमारले गोल गर्दा पाहुना टोलीको पुनः अग्रता भयो । ८९ औं मिनेटमा कार्लोस जाम्ब्रानो रातो कार्ड खाँदै मैदान बाहिरएपछि पेरु १० खेलाडीमा समेटिएको थियो । त्यसैको फाइदास्वरुप नेइमारले इन्ज्यूरी समयमा गोल गरी ह्याट्रिक पूरा गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एलपिएल क्रिकेटमा धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुवात

सुदूरपश्चिम ।  धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट

नेपाल सुपर लिगमा काठमाडौं र झापाले अंक बाँडे

काठमाडौं । काठमाडौं रेजर्स काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएलमा बराबरीमा रोकिएको छ

सातौं दक्षिण एसियाली करातेमा नेपाललाई २९ स्वर्ण

काठमाडौं । नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २९ स्वर्ण पदक जित्दै च्याम्पियन

तिजोक पाँचथरलाई आत्मानन्द गोल्डकपको उपाधि

फिक्कल ।  इलामको माङसेबुङमा सञ्चालित १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकपको उपाधि तिजोक