आईपीएलमा चेन्नईको तेस्रो जित



चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ ।

दुबईमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो ।

चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।

हैदराबादका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ४२ रन बनाए । अम्बाती रायडुले ४१ रन जोड्दा साम करनले ३१ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी २१ रनमा आउट हुँदा रबिन्द्र जडेजाले अविजित रहदै २५ रन बनाए । जितसँगै चेन्नईले हैदराबादविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

यसै सिजनको पहिलो खेलमा चेन्नईलाई हैदराबादले ७ रनले पराजित गरेको थियो । जितसँगै चेन्नईले ८ खेलमा ६ अंक जोडेको छ ।

चेन्नई छैटौं स्थानमा समेत उक्लिएको छ । हैदराबादको यो पाँचौ हार हो । हैदराबाद ८ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीलाई सम्मान

जनकपुरधाम । यही मङ्सिर १५ गते पोखरा रङ्गशालामा सम्पन्न केपी ओली कप टी–२०

ताप्लेजुङ प्रथम किरात गोल्डकपको सेमिफाइनलमा

  पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत मंगलबार भएको

ललितपुर र वीरगञ्जको खेल बराबरी

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लबले

राखेप सदस्य–सचिव र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र यहाँस्थित चिनियाँ