रोनाल्डोलाई कोरोना सङ्क्रमण
पोर्चुगलका कप्तान स्टार खेलाडी क्रिस्ट्यानो रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोर्चुगल फूटबल फेरेडेसन(एफपिएफ) ले रोनाल्डोलाई कोरोना भाइरस सङ्क्रमण परीक्षण गर्दा पोजेटिभ देखिएको जनाएको हो ।
अन्तर्राष्ट्रिय ब्रेकमा रहेका युभेन्टसका खेलाडी रोनाल्डो अहिले सेल्फ आइसोलेसन बसेका छन् । अहिलेसम्म उनको स्वास्थ अवस्था सामान्य रहेको र कुनै लक्षण नदेखिएको एफपिएफले जनाएको छ।