आइपीएलमा बैंगलोरको पाँचौ जित, कोलकत्ता ८२ रनले पराजित



रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएल क्रिकेटमा पाँचौ जित निकालेको छ । आइपीएलको जारी १३औं संस्करणमा गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौ जित निकालेको हो ।

बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।कोलकत्ताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६१६ रन बनाए ।

कोलकत्ताका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २–२ विकेट लिए ।यस्तै क्रिस मोरिस, मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहँदै ७३ रनको अर्धशतकीय इनिङ्स खेले । जितसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ ।

बैंगलोर तेस्रो स्थानमा समेत उक्लिएको छ । कोलकत्ताको यो तेस्रो हार हो । ७ खेलमा ८ अंक जोडेको कोलकत्ता चौथो स्थानमा रहेको छ ।

यसैबीच आज राति हुने खेलमा सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिङ्सबीच प्रतिष्पर्धा हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एलपिएल क्रिकेटमा धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुवात

सुदूरपश्चिम ।  धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट

नेपाल सुपर लिगमा काठमाडौं र झापाले अंक बाँडे

काठमाडौं । काठमाडौं रेजर्स काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएलमा बराबरीमा रोकिएको छ

सातौं दक्षिण एसियाली करातेमा नेपाललाई २९ स्वर्ण

काठमाडौं । नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २९ स्वर्ण पदक जित्दै च्याम्पियन

तिजोक पाँचथरलाई आत्मानन्द गोल्डकपको उपाधि

फिक्कल ।  इलामको माङसेबुङमा सञ्चालित १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकपको उपाधि तिजोक