आइपीएलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स बिजयी



इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको गएराति भएका खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटललाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उत्रिएको छ ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । १६३ रनको जितको लक्ष्य लिएर मैदानमा उत्रिएको मुम्बईले १९ दशमलव ४ ओभरमा ५ विकेटको क्षतिमा आफ्नो लक्ष्य पूरा गरेपछि यो खेल मुम्बईले ५ विकेटले जितेको हो ।

३६ रनमा ५३ रन जोडेवापत मुम्बईका क्यूनटन डे कक म्यान अफ म्याच घोषित भए । हिजो खेलमा पनि नेपाली क्रिकेटर सन्दिप लामिछाने भने मैदानमा उत्रिन पाएनन् । दुवै टिमले ७ खेलमा ५ जित निकाल्दा रनरेटका आधारमा मुम्बई इन्डियन फेरी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

त्यस्तै हिजो सम्पन्न अर्को खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको हैदरावादले २० ओभरमा ४ विकेटको क्षतिमा १५८ रनको योगफल जोडेको थियो ।

१५९ रनलाई पछ्याउँदै ब्याटिङमा उत्रिएको राजस्तानले १ बल अगावै ५ विकेट गुमाएर आफ्नो लक्ष्य प्राप्त गरेपछि यो जित राजस्थानको हातमा गएको हो । राजस्थानको लिगको यो दोस्रो जित हो । आज साँझ सारजहाँ क्रिकेट स्टेडियममा हुने खेल भने रोयल्स च्यालेन्जर्स ब्याङ्लोर र कोलकाता नाइटराइडर्सबीच हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीलाई सम्मान

जनकपुरधाम । यही मङ्सिर १५ गते पोखरा रङ्गशालामा सम्पन्न केपी ओली कप टी–२०

ताप्लेजुङ प्रथम किरात गोल्डकपको सेमिफाइनलमा

  पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत मंगलबार भएको

ललितपुर र वीरगञ्जको खेल बराबरी

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लबले

राखेप सदस्य–सचिव र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र यहाँस्थित चिनियाँ