इङ्ल्याण्डद्वारा वेल्समाथि सहज जित



अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इङ्ल्याण्डले वेल्समाथि सहज जित निकालेको छ । गएराति वेम्वलीमा भएको खेलमा इङ्ल्याण्डले वेल्समाथि ३–० को जित निकालेको हो । डोमिनिक कल्भर्ट लेविन डेब्यु खेलमा गोल गरे ।

उनले यस सिजनमात्र १० गोल पूरा गरेका छन् । प्रिमियर लिगमा फर्ममा देखिएका फरवार्डले एभर्टनबाट ९ गोल गरिसकेका छन् । २६ औं मिनेटमा गोल गर्दै कल्भर्टले इङ्ल्याण्डलाई अग्रता दिलाएका थिए ।

कोनोर कोएडीले ५३ औं मिनेटमा इङ्ल्याण्डको अग्रता दोब्बर बनाउने काम गरे । डेनी इग्सले ६३ औं मिनेटमा गोल गर्दै इङ्ल्याण्डलाई सहज जित दिलाए । इङ्ल्याण्ड पछिल्ला ८ खेलमा वेल्ससँग अपराजित छ ।

यस्तै गएराति नै भएका अन्य खेलमा इरानले उज्वेकिस्तान तथा स्वीडेनले रुसलाई समान २–१ ले पराजित गरे । यस्तै दक्षिण अफ्रिका र नामिबिया तथा बेल्जियम र आइभरी कोस्टले १–१ को बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एलपीएलमा घोडाघोडी र कैलाली विजयी

सुदूरपश्चिम । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट

नेपाल सुपर लिगमा इलामलाई पराजित गर्दै पोखरा शीर्ष स्थानमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्स शीर्ष स्थानमा उक्लिएको छ ।

मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीलाई सम्मान

जनकपुरधाम । यही मङ्सिर १५ गते पोखरा रङ्गशालामा सम्पन्न केपी ओली कप टी–२०

ताप्लेजुङ प्रथम किरात गोल्डकपको सेमिफाइनलमा

  पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत मंगलबार भएको