आइपीएलमा कोलकाताको जित



इन्डियन प्रिमियर लिगमा आईपिएल क्रिकेटमा कोलकाता नाईट राईडर्सले चेन्नेई सुपर किंग्सलाई १० रनले हराएको छ । आईपिएलको जारी सिजनमा चेन्नाईको यो ६ खेलमा चौथो हार हो भने कोलकाताको ५ खेलमा तेस्रो जित हो ।

आबुधावीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनायो । उसका लागि सुरुवाती व्याट्सम्यान राहुल त्रिपाठीले ८१ रन बनाए । बलिङतर्फ चेन्नाईका ड्वेन ब्राभोले ३ विकेट लिए ।

जवाफमा १ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नेईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्रै जोड्न सक्यो । उसका लागि सेन वाट्सनले सर्वाधिक ५० रन जोडे । यो जितसँगै कोलकाता पाँच खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

एक खेल बढी खेलेको चेन्नाईको भने ४ अंक मात्रै छ । आईपिएल क्रिकेटमा आज राति सनराईजर्स हैदरावाद र किङ्स इलेभेन पन्जाव भिड्नेछन् । ४ अंकसहित हैदरावाद तालिकाको छैटौं स्थानमा छ भने २ अंक मात्रै जोडेको पन्जाव पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीलाई सम्मान

जनकपुरधाम । यही मङ्सिर १५ गते पोखरा रङ्गशालामा सम्पन्न केपी ओली कप टी–२०

ताप्लेजुङ प्रथम किरात गोल्डकपको सेमिफाइनलमा

  पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत मंगलबार भएको

ललितपुर र वीरगञ्जको खेल बराबरी

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लबले

राखेप सदस्य–सचिव र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र यहाँस्थित चिनियाँ