दिल्ली आईपीएलको शीर्ष स्थानमा



दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । उसका लागि मार्कस स्टोनिसले अविजित ५३ रन जोड्दा पृथ्वी शले ४२ रनको योगदान गरे । बैंगलोरका मोहमद सिराजले २ विकेट लिए ।

दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्रै बनाउन सक्यो । बैंगलोरका कप्तान विराट कोहलीले ४३ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।

बैंग्लारलाई हराउन दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ५ खेलबाट ८ अंक जोडेको छ । समान खेलबाट ६–६ अंक जोडेका मुम्बई र बैंगलोर क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । आईपिएल क्रिकेटमा आज मुम्बई इण्डीयन्सले राजस्थान रोयल्ससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रथम ‘झापा–१ काठमाडौं कप फुटसल’को उपाधि मेचीनगरलाई

काठमाडौं । प्रथम झापा–१ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि साबिक मेचीनगरले जितेको छ

अफगानिस्तानमाथि नेपालको जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । शनिबार राति

विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

काठमाडौं ।  विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८

पोर्चुगलद्वारा पोल्यान्ड ५–१ ले पराजित

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले पोल्यान्डलाई ५–१ ले हराएको छ