आइपीएलमा मुम्बई इन्डियन्सको जित



इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले किङ्स इलेभेन पन्जावलाई हराएको छ ।

गएराति भएको खेलमा पञ्जावलाई ४८ रनले हराउदै मुम्बईले जारी प्रतियोगितामा दोस्रो जित निकालेको हो । पन्जावको भने यो लगातार तेस्रो हार हो ।

युएईको आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा चार विकेट गुमाउएर १ सय ९१ रन बनायो ।

उसका लागि कप्तान रोहित शर्माले ७० रन बनाए । यसैगरी कायरन पोलार्डले ४७ रन बनाउँदा हार्दिक पाण्ड्याले ३० रन जोडे ।

जवाफमा पञ्जावले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्रै बनाउन सक्यो । उसका लागि निकोलस पुरनले ४४ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यान चल्न सकेनन् ।

जितसँगै मुम्बइ ४ खेलबाट ४ अंक जोड्दै आईपिएल अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको दिल्लीको पनि ४ अंक नैं छ । आईपिएल क्रिकेटमा आज चेन्नाई सुपर किङ्स र सनराईजर्स हैदरावाद भिड्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालको खेलकुद क्षेत्रको लागि थप सहयोग गर्ने चिनियाँ चाहना

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले चीन सरकारले नेपालको

लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल

काठमाडौं । लुम्बिनी लायन्सले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई आफ्नो टोलीको ब्राण्ड

पार्कर खेलाडी दिनेशलाई यसवर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान

काठमाडौं ।  नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय मदर टेरेसा’ पुरस्कार

आर्सनलले महत्वपूर्ण गोल गर्ने मौका गुमाउँदा खेल जित्न असफल

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले एक एक अंक बाँडेका