लिभरपुलको लगातार तेस्रो जित



इग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा लिभपुरलले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । लण्डन क्लबविरुद्ध जित निकाल्दै लिभरपुलले नयाँ सिजनमा समेत शतप्रतिशत जितको नतिजालाई कायम राखेको छ । आर्सनलले लिगका सुरुवाती दुई खेलमा जित निकालेको थियो ।

लिभरपुलले भने शतप्रतिशत जितसहित ३ खेलमा ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । आर्सनल ६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । लिग अन्तर्गत गएराति नै भएको खेलमा एस्टन भिल्लाले फुलह्यामलाई ३–० ले पराजित गरेको छ । पहिलो हाफमा दुई गोल गरेको एस्टन भिल्लाले दोस्रो हाफको सुरुमा थप एक गोल गरी जित निश्चित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।