आइपीएलमा राजस्थान रोयल्सको लगातार दोस्रो जित



युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै राजस्थानले लगातार दोस्रो जित निकालेको हो ।

सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पन्जाबले २० ओभरमा २ विकेट गुमाउँदै २ सय २३ रन बनायो । पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो । पन्जाबको फराकिलो स्कोरमा मायांक अग्रवालले १ सय ६ रनको शतकीय इनिङ्स खेले ।

आईपीएलको यस सिजन शतक बनाउने दोस्रो खेलाडी बनेका मायांकले ५० बलमा १० चौका र ७ छक्का प्रहार गरे । जितसँगै राजस्थानले २ खेलमा ४ अंक जोडेको छ । राजस्थान तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ ।

पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । पन्जाबको यो दोस्रो हार हो । पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले हराएको थियो । तर, पन्जाब दोस्रो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । तेस्रो स्थानको पन्जाबले २ खेलमा २ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तुर्कमिनेस्तानलाई पराजित गर्दै नेपाल काभा यु-२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम

वान्टेड समूहलाई दोस्रो रिभरसाइड फुटबलको उपाधि

  म्याग्दी । विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट युवा

राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

काठमाडौँ  । वीर गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा

काभा भलिबलमा नेपाल विजयी

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ