प्रिमियर लिगमा एभर्टनको तेस्रो जित



इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार तेस्रो जित निकालेको हो । क्रिस्टलको मैदानमा एभर्टनका लागि डोमिनिक लेविन र रिचार्लीसनले एक एक गोल गरे । क्रिस्टलका चिखोउ कोउयाटेले एक गोल फर्काए ।

जितसँगै एभर्टनले ३ खेलमा ९ अंक जोडेको छ । एभर्टन तालिकाको शीर्ष स्थानमा रहेको छ । एभर्टनले पहिलो खेलमा टोटेनहमलाई १–० ले हराएको थियो । दोस्रो खेलमा एभर्टनले वेस्ट ब्रुमलाई ५–२ ले हराएको थियो ।

क्रिस्टलको यो पहिलो हार हो । क्रिस्टलले २ खेलमा ६ अंक जोडेको छ । यस अघि क्रिस्टलले पहिलो खेलमा साउथह्याम्पटनलाई १–० ले र दोस्रो खेलमा म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।